‘यो तीजमा नजाने माईती’ सार्वजनिक

नेपालभ्युज

‘यो तीजमा नजाने माईती’ सार्वजनिक

काठमाडौं ।  मञ्जु थापाको ‘यो तीजमा नजाने माईती’ बोलको गीत सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा स्वर मञ्जु थापाको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाले भरेका छन् ।

गीतको भिडियोमा दीपा श्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना र शिला गजुरेल लगायतका कलाकारको अभिनय छ । कार्यक्रममा बोल्दै गायिका थापाले मेहनत गरेअनुसार गीत राम्रो बनेको बताईन् । त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले तीज भन्नेबित्तिकै आफू फुरुङ्ग हुने गरेको बताईन् ।

उनले गीत र भिडियो उत्कृष्ट बनेको बताईन् । त्यस्तै अभिनेत्री रेजिना उप्रेतीले गीत राम्रो रहेको र गीत सुन्नेबित्तिकै मन परेर अभिनय गरेको बताईन्। उनले आफू घरमै तीज मनाउने भएकाले आफ्नो लागि तीज गीत बनेको जस्तो अनुभव भएको बताईन् ।

कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले गीत धेरै मेहनत गरेर बनाएकाले राम्रो रहेको बताए । संगीतकार बाँस्कोटाले सबैलाई बोलाएर घरमै तीज मनाएर रमाइलो गर्ने भन्ने सन्देश दिनका लागि गीत सिर्जना गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved