सरकारका १६ निर्णय: विदेशी अनुदान स्वीकार्नेदेखि जग्गा अधिग्रहण गर्नेसम्म (सूचीसहित)

नेपालभ्युज

सरकारका १६ निर्णय: विदेशी अनुदान स्वीकार्नेदेखि जग्गा अधिग्रहण गर्नेसम्म (सूचीसहित)

काठमाडौं । सरकारले साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिब दुई अर्ब ६२ करोड बराबर) अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।

उनका अनुसार सरकारले दीगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारहरुको पुनःउत्थान, जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने १५ लाख ५५ हजार ५ सय ५ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गरेको छ ।

त्यस्तै सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिस गर्न समिति बनाउने पनि निर्णय गरेको छ ।

हेर्नुहोस् सरकारका १६ निर्णय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved