कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, माओवादीबाट गौतम मन्त्री बने

नेपालभ्युज

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, माओवादीबाट गौतम मन्त्री बने

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङबाट उनले शपथ लिएका हुन् ।

सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनमा थापा मंगलबार पुन: मुख्यमन्त्री भएका थिए । तीन जना मन्त्रीले पनि शपथ लिएका छन्

माओवादी केन्द्रका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । उनले सभामुखबाट हिजो राजीनामा दिएका थिए ।

त्यस्तै, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुले शपथ लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved