कोशी : सभामुखबाट राजीनामा दिएका गौतमको नेतृत्वमा सरकारमा जाँदै माओवादी

नेपालभ्युज

कोशी : सभामुखबाट राजीनामा दिएका गौतमको नेतृत्वमा सरकारमा जाँदै माओवादी

विराटनगर । कोशी प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमको नेतृत्वमा सहभागी हुने भएको छ ।

उनी आर्थिक मामिला तथा योजनामन्त्री बन्दैछन् । यसअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्यले दाबी गरेपछि बिहान १० बजे तय गरिएको मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ रोकिएको थियो ।

गौतम नै मन्त्री बन्ने भएपछि साँझ ५ बजेका लागि शपथ कार्यक्रम तय भएको छ । यस्तै सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधारमन्त्री बन्दैछन् भने नेपाली कांग्रेसका प्रदीप सुनुवार सामाजिक विकासमन्त्री बन्दैछन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि मात्रै मन्त्री थप गरिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved