उद्धव थापा २६ दिनभित्र दुईपटक मुख्यमन्त्री नियुक्त

नेपालभ्युज

उद्धव थापा २६ दिनभित्र दुईपटक मुख्यमन्त्री नियुक्त

विराटनगर । उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका छन् । यसअघि गत असार २१ गते मात्रै पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका उनी मङ्गलबार दोस्रोपटक नियुक्त भएका हुन् ।

मुख्यमन्त्री बनेको २१ दिनमा साउन ११ गते सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरेको थियो । यसपछि प्रदेश प्रमुख परशुराम खापुङले ४ दिनभित्र नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान जारी गरेका थिए । त्यसमा कोशी कांग्रेसका संसदीय दलका नेता थापाले दाबी पेश गरेका थिए ।

प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएर थापाको समर्थनमा हस्ताक्षर गरेका थिए । यसअघि उनले थापाकै समर्थनमा हस्ताक्षर गरेका थिए तर, सभामुखबाट राजीनामा दिएका थिएनन् ।

यही विषयलाई मुख्य मुद्दा बनाएर नेकपा (एमाले) सर्वोच्च अदालत पुगेको थियो । त्यही मुद्दामाथि सुनुवाइ गर्दै अदालतले थापाको नियुक्त खारेज गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved