कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

नेपालभ्युज

कोशीका सभामुख बाबुराम गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उपसभामुखलाई सम्बोधन गरेर लेखेको राजीनामापत्र उनले प्रदेशसभा सचिवालयमा बुझाएका छन् ।

गठबन्धनको पक्षमा सांसदको रूपमा मात्रै हस्ताक्षर गर्न उनले राजीनामा बुझाएका हुन् ।

उनको राजीनामासँगै गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछ । गठबन्धनले मुख्यमन्त्रीका रूपमा कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई प्रस्ताव गरेको छ ।

यसअघि गौतमले पुन: आफैँलाई सभामुख बनाउने सर्तमा मात्रै राजीनामा दिने अडान लिएका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै निर्देशन दिएपछि राजीनामा बुझाएका हुन् ।

उनले स्थायित्वको पक्षमा नभएपनि बाध्यात्मक अवस्थाका कारण राजीनामा दिएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved