फिफा महिला विश्वकप : नेदरल्यान्ड्स र अमेरिका अन्तिम १६ मा

नेपालभ्युज

फिफा महिला विश्वकप : नेदरल्यान्ड्स र अमेरिका अन्तिम १६ मा
तस्वीरः फिफा वुमन्स वर्ल्ड कप/फेसबुक

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको छ।

डुनेडिन स्टेडियममा मङ्गलबार भएको खेलमा नेदरल्यान्ड्सले भियतनामलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। यससँगै समूह इको विजेता बन्दै नेदरल्यान्ड्स अन्तिम १६ मा पुग्दा लगातार ३ खेलमा पराजित भएको भियतनामको यात्रा भने समाप्त भयो।

नेदरल्यान्ड्सको लागि लाइके मार्टेन्स, काज्या स्नुइस, एस्मी बुर्खत, जिल रुर्ड र डेनियल भ्यान डे डोंकले गोल गरे।

खेलको आठौँ मिनेटमा मार्टेन्सले नेदरल्यान्ड्सको लागि पहिलो गोल गरिन्। ११ औँ मिनेटमा काज्याले नेदरल्यान्ड्सले दोस्रो गोल गरिन्। १८ औँ मिनेटमा एस्माले नेदरल्यान्ड्सको लागि तेस्रो गोल गरिन्। २३ औँ मिनेटमा जेलले चौथो गोल गरिन्।

डंकले ४५ औँ मिनेटमा नेदरल्यान्ड्सको लािग पाँचौँ गोल गरिन्। ५७ औँ मिनेटमा एस्माले छैँटौँ गोल गरिन्। यो उनको दोस्रो गोल थियो। ८३ औँ मिनेटमा जेलले सातौँ गोल गरिन्। यो उनको पनि दोस्रो गोल थियो।

यस्तै, समूह ईको नै इडेन पार्कमा भएको पोर्चुगल र अमेरिकाबीचको अर्को खेल भने गोलरहित बराबरीमा सकियो। यससँगै दुवै टोलीले अंक बाडे। दोस्रो स्थानमा रहेको अमेरिकाले उपविजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गर्दा तेस्रो स्थानमा भएको पोर्चुगल भने प्रतियोगिताबाट बाहिरियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved