संसद असभ्य भएको वामदेव गौतमको आरोप

नेपालभ्युज

संसद असभ्य भएको वामदेव गौतमको आरोप

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्य र सँस्कृतिहीन भएको आरोप लगाएका छन् । पछिल्लो समय प्रतिनिधिसभामा देखिएका गतिविधि गलत भएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै गौतमले भने– एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना नै उठेर बोल्ने गरेका छन् । कहिले ५० जना, कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसद असभ्य र संस्कृतिहीन भएको छ ।

उनले पछिल्लो समय राष्ट्रिसभा पनि प्रतिनिधिसभाकै बाटोमा लागेको टिप्पणी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved