कोशी प्रदेश : ४ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

नेपालभ्युज

कोशी प्रदेश : ४ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले ४ दिनभित्र सरकारमा दाबी गर्न आह्वान गरेका छन् । प्रमुख खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

बिहीबार मात्रै मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) अनुसार सरकार निर्माण प्रक्रिया थाल्न आदेश जारी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved