आङ साङ सुकीलाई जेलबाट सरकारी आवासमा सारियो

नेपालभ्युज

आङ साङ सुकीलाई जेलबाट सरकारी आवासमा सारियो

एजेन्सी। म्यानमारकी नेतृ आङ सान सुकीलाई सेनाको सरकारले जेलबाट सरकारी निवासमा सारेको छ ।

२०२१ को सैन्य विद्रोहपछि सुकीलाई सत्ताबाट हटाएर विभिन्न आरोपमा जेलमा राखिएको छ । उनलाई सैन्य अदालतले विभिन्न अभियोगमा दुई सय वर्ष भन्दा धेरै जेल सजायँ हुने फैसला गरेको छ ।

उनको स्वास्थ्य अवस्था पनि खराब रहेको समाचार आइरहेका थिए । उनलाई अहिले जेलबाट सरकारी भवनमा सारिएको सुकी राजनीतिक दलका एक अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् ।

नेसनल लिग फर डेमोक्रेसी पार्टीका एक अधिकारीले भने, “आङ सान सुकीलाई सोमबार राति उच्चस्तरीय स्थल परिसरमा सारिएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved