हर्कलाई उच्च अदालतले भन्यो-व्यक्तिको जग्गामा वृक्षारोपण नगर्नू

नेपालभ्युज

हर्कलाई उच्च अदालतले भन्यो-व्यक्तिको जग्गामा वृक्षारोपण नगर्नू

काठमाडौं । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रको व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हस्तपक्षेप गरेर व्यक्तिको नाममा रहेको जग्गामा वृक्षारोपण गरेपछि धरान–४ की रोजिना अधिकारीले रिट दायर गरेकी थिइन् ।

उक्त रिटमा न्यायाधीश मिलनकुमार राईको एकल इजलासले सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘…प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम दर्ताको कि.नं. ४२१ र ३४५ को जग्गामा अनाधिकृत रुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार पेस गर्नू  ।’

अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखितरूपमा जवाफ पेस गर्न समेत आदेशमा  भनेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved