कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर (सर्वोच्चको आदेशसहित)

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्न आदेश दिएको हो ।

नेपालभ्युज

कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर (सर्वोच्चको आदेशसहित)

काठमाडौं। कोशी सरकार गठनसम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गर्न आदेश दिएको हो ।

अदालतले सात दिनभित्र नयाँ सरकार बनाउन पनि आदेश दिएको छ ।

अब संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतले बाटो खोलेको छ । तर, बहुमत जुटाउन नसकेको खण्डमा भने सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।

मुख्यमन्त्री चुन्ने पक्रियामा सभामुखको प्रत्यक्ष संलग्नता भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्चमा मुद्दा हालेको थियो ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved