सुन तस्करीका मुख्य नाइके नसमाए संसदमै अनसन बस्छु- कांग्रेस सांसद शर्मा

उनले भने ‘‘पहाडको गरिब भरियालाई मात्र जेलमा हाल्ने र मुख्य नाइकेलाई छोड्छु भन्छन् भने म सांसदभित्रै आमरण अनसन बस्ने घोषणा गर्छु।’’

नेपालभ्युज

सुन तस्करीका मुख्य नाइके नसमाए संसदमै अनसन बस्छु- कांग्रेस सांसद शर्मा

काठमाडौं। प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे संसद्मा गृहमन्त्रीको जवाफ मागिरहँदा सत्तारुढ दलकै सांसदले मुख्य नाइके पक्राउ नगरे संसदमै अनसन बस्ने चेतावनी दिएका छन्।

जारी बैठकमा सुन तस्करी प्रकरणमा मुख्य नाइकेसम्म छानबिन नभए अनसन बस्ने कांग्रेसका सांसद सुनिल शर्माले चेतावनी दिएका हुन्।

उनले भने ‘‘पहाडको गरिब भरियालाई मात्र जेलमा हाल्ने र मुख्य नाइकेलाई छोड्छु भन्छन् भने म सांसदभित्रै आमरण अनसन बस्ने घोषणा गर्छु।’’

शर्माले अनुसन्धानका लागि गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गरे । “या त यति दिनभित्र मुख्य नाइके समाउँछु भन्नुपर्यो नत्र पदबाट राजीनामा दिनुपर्यो,” उनले भने ।

सम्बन्धित समाचार –

संसद्‌मा एमालेको माग- सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बन्नुपर्छ

रविको चेतावनी- सरकार अनुसन्धानको जरासम्म पुगोस्, नत्र दिनगन्ती सुरू हुन्छ

लिङ्देनको आरोप- बाह्य दबाब थेग्न नसकेर देखाउनकै लागि मात्र सुन बरामद भयो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved