संसद्‌मा एमालेको माग- सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बन्नुपर्छ

नेपालभ्युज

संसद्‌मा एमालेको माग- सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बन्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बन्नुपर्ने माग गरेको छ । बुधबार बसेको संसद् बैठकको आकस्मिक समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो माग गरेका हुन् ।

“केही महिनाभित्रै २० क्वीन्टलभन्दा बढी सुन तस्करी भइसकेको छ । यसमा राजनीतिक व्यक्ति तथा मन्त्रीहरूकै संलग्नता छ भन्ने कुरा आएका छन् । यसबारे छानबिन हुनुपर्छ, उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ,” उनले भने ।

यस्तै उनले उच्चस्तरीय छानबिन समिति नबनुन्जेल संसद् चल्न नदिने चेतावनी दिए ।

सम्बन्धित समाचार –

लिङ्देनको आरोप- बाह्य दबाब थेग्न नसकेर देखाउनकै लागि मात्र सुन बरामद भयो

मुख्य नाइकेलाई छाडेर भरियालाई मात्र जेल हाले संसदमै अनसन बस्छु- कांग्रेस सांसद शर्मा

रविको चेतावनी- सरकार अनुसन्धानको जरासम्म पुगोस्, नत्र दिनगन्ती सुरू हुन्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved