रविको चेतावनी- सरकार अनुसन्धानको जरासम्म पुगोस्, नत्र दिनगन्ती सुरू हुन्छ 

नेपालभ्युज

रविको चेतावनी- सरकार अनुसन्धानको जरासम्म पुगोस्, नत्र दिनगन्ती सुरू हुन्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले विभिन्न भ्रष्टाचार काण्डहरूका फाइल खोलेजस्तोमात्रै गरेको टिप्पणी गरेका छन् । बुधबार बसेको संसद् बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

“केही फाइलहरू खोलिएका छन् । तर, जरासम्म पुगेको छैन । यता पनि गिजोल्ने, उता पनि गिजोल्ने काम सरकारले गरेको छ । ती फाइलहरू खोलेजस्तो मात्रै गरिएका छन् । जरासम्म कहिले पुग्ने ? केही भरिया थुनेर र केही कर्मचारीलाई कारबाही गरेर झारो टार्न पाइँदैन,” उनले भने, “यसमा सरकारले ध्यान देओस्, नत्र सरकारको दिनगन्ती सुरू हुन्छ ।”

सम्बन्धित समाचार –

संसद्‌मा एमालेको माग- सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बन्नुपर्छ

मुख्य नाइकेलाई छाडेर भरियालाई मात्र जेल हाले संसदमै अनसन बस्छु- कांग्रेस सांसद शर्मा

लिङ्देनको आरोप- बाह्य दबाब थेग्न नसकेर देखाउनकै लागि मात्र सुन बरामद भयो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved