सुन तस्करी प्रकरण :

लिङ्देनको आरोप-बाह्य दबाब थेग्न नसकेर देखाउनकै लागि मात्र सुन बरामद भयो

नेपालभ्युज

लिङ्देनको आरोप-बाह्य दबाब थेग्न नसकेर देखाउनकै लागि मात्र सुन बरामद भयो

काठमाडौं। विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ‘सरकारले बाह्य दबाब थेग्न नसकेर बाहिर देखाउनकै लागि मात्र सुन बरामद गरेको’ आरोप लगाएका छन्।

सुन तस्करीको अनुसन्धान प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले गरिरहँदा पूर्वउपप्रधानमन्त्री समेत रहेका लिङदेनले मुख्य नाइके बचाउन खोजिएको पनि आरोप लगाए।

जारी संसद् बैठकमा बोल्दै उनले ‘‘बाह्य दबाब थेग्न नसकेर देखाउनकै लागि मात्र सुन बरामद भएको भन्ने छ। किनकि नेपाल सुन तस्करीको ट्रान्जिट प्वार्ईन्ट भएको छ। अहिले बाहिर देखाउनको लागि अनुसन्धान भन्दै झारा टार्ने काम भइरहेको छ। अनुसन्धान आयोग बनाए छानबिन गर्नुपर्छ। तर, यहाँ भरियालाई मात्र पक्राउ गरेर माथिल्ला नाइकेलाई उम्काउने काम हुँदैछ।’’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ । भन्सारबाट पास भएको १०० किलो सुन राजश्व अनुसन्धान विभागले ३ साउनमा बरामद गरेको थियो।

सम्बन्धित समाचार –

संसद्‌मा एमालेको माग- सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बन्नुपर्छ

मुख्य नाइकेलाई छाडेर भरियालाई मात्र जेल हाले संसदमै अनसन बस्छु- कांग्रेस सांसद शर्मा

रविको चेतावनी- सरकार अनुसन्धानको जरासम्म पुगोस्, नत्र दिनगन्ती सुरू हुन्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved