नवलपरासीमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

नेपालभ्युज

नवलपरासीमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपरासी पश्चिमको बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्लाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको जानकारी दिए ।

उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका थिए । त्यसपछि गम्भीर भएका उनीहरुको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएका थिए । उनीहरु भने उपचारपछि निको भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved