जिप दुर्घटनामा घाइते सविनाको मृत्यु

नेपालभ्युज

जिप दुर्घटनामा घाइते सविनाको मृत्यु
काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–२ कृष्णमन्दिर नजिकै हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि झापा लगिएकी जिल्लाको फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि झापा लगिएको थियो ।
प्रहरी निरीक्षक मिलन थापाका अनुसार मृत्यु हुने ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेम रहेका छन् । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved