कोशीमा नयाँ सरकारविरुद्ध परेको मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै

नेपालभ्युज

कोशीमा नयाँ सरकारविरुद्ध परेको मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । कोशीमा गठन भएको नयाँ सरकारविरुद्ध परेको मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा आजदेखि सुनुवाइ सुरु हुँदैछ ।

कांग्रेस नेता उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा मुद्दा हालेका थिए ।

सोमबार न्यायाधीश सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

तीनजना न्यायाधीश हुने पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुनेछ । कार्कीले अहिलेको सरकार गठनमा सभामुखको समेत हस्ताक्षर हुनु गैरकानूनी रहेको भन्दै मुख्मन्त्री थापालाई हटाउने आदेश माग गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख परशुराम खापुङले २१ असारमा थापालाई नयाँ मुख्यमन्त्री तोकेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved