कोशी सरकार गठनसम्बन्धी मुद्दा पूर्ण इजलासमा, भोलिदेखि सुनुवाइ

नेपालभ्युज

कोशी सरकार गठनसम्बन्धी मुद्दा पूर्ण इजलासमा, भोलिदेखि सुनुवाइ

काठमाडौं । कोशी सरकार गठनसम्बन्धी विवादमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

यसअघिका मुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिटमाथि भएको बहसले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

रिटमाथि मंगलबारदेखि नै पूर्ण इजलासमा सुनुवाइ हुनेछ । उक्त रिटमाथि संवैधानिक इजलासमा बहस गर्ने कि पूर्ण इजलासमा भन्ने अन्योल थियो ।

कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेका थिए । सभामुखको नाम र हस्ताक्षर समेत संलग्न भएको प्रस्तावका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उद्धव थापालाई कोशीको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सरकार निर्माणमा सभामुखको संलग्नता भएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved