सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छ : माधव नेपाल

नेपालभ्युज

सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छ : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका छन्।

अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि आग्रह गरे।

शनिबार काठमाडौँमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीहरूसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताए।

अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढनुपर्नेमा पनि जोड दिए। उनले भने, ‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोडन खोज्ने अनेक षड्यन्त्र हुन सक्दछ। त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन। सिद्धान्त सोचेजस्तो हुँदैन।’

उनले थपे, ‘नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ। किन? यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्। यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरू र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरू, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुट्नु पर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौँ।’

अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved