इटहरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

नेपालभ्युज

इटहरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

इटहरी । सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इटहरीको कान्छी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार मोटरसाइकल र पिकअप शुक्रबार राति १०ः४० बजे ठोक्किँदा उनीहरूको मृत्यु भएको छ । प्रहरीकाअनुसार मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् ।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ४ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved