कांग्रेस बैठकमा उठ्यो संघीयता र धर्म निरपेक्षता खारेजीको मुद्दा

बैठकअघि ‘कांग्रेस रुपान्तरण अभियान’ले बुझाएको प्रतिवेदनमा पनि संघीयताको विकल्प खोज्नुपर्ने उल्लेख थियो ।

नेपालभ्युज

कांग्रेस बैठकमा उठ्यो संघीयता र धर्म निरपेक्षता खारेजीको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संघीयता खारेजीको प्रस्ताव आएको छ । बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

केन्द्रीय सदस्य भण्डारीले धर्मनिरपेक्षताप्रति पनि असन्तुष्टि जनाएका छन् । उनले योजनावद्ध किसिमले धर्मनिरपेक्षतालाई संविधानमा घुसाइएको भन्दै खारेजीको पक्षमा उभिनुपर्ने बताएका हुन् ।

बैठकअघि ‘कांग्रेस रुपान्तरण अभियान’ले बुझाएको प्रतिवेदनमा पनि संघीयताको विकल्प खोज्नुपर्ने उल्लेख थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved