कांग्रेस केन्द्रीय समिति बैठक : आजदेखि सदस्यहरुले धारणा राख्ने

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक : आजदेखि सदस्यहरुले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बुधबार पनि जारी रहनेछ ।

आजदेखि केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्न सुरु हुनेछ । बैठकमा संस्थापन पक्षले चुनावमा पाएको सफलता संघीय र प्रदेश सरकारमा बलियो उपस्थिति लगाएका विषयलाई लिएर सभापति शेरबहादुर देउवाको बचाउ गर्ने तयारी गरेको छ ।

तर महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षले भने देउवाका कारण कांग्रेसले आफ्नोपन गुमाएको र विभिन्न राजनीतिक वेथितीको हिस्सेदार बनेको भन्दै चर्को आलोचनाको तयारी गरेका छन् ।

मङ्गलवार सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved