‘अमेरिकासँग वार्ता हुँदैन’

नेपालभ्युज

‘अमेरिकासँग वार्ता हुँदैन’

सोल । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् ।

आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको पूर्वसन्ध्यामा उनकी बहिनीको यो भनाइ सार्वजनिक भएको हो । उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनी बताउँछिन् ।

उत्तर कोरियाले गत साता अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर शृङ्खलाबद्ध परीक्षणलाई निरन्तरता दिइरहेको छ । अमेरिकाले प्योङयाङले निरन्तर गरेका त्यस्ता परीक्षणलाई सामान्य भन्दै त्यसबाट आश्चर्यचकित हुननपर्ने बताएको छ । उत्तरको हतियार परीक्षणको जवाफमा सोल र वासिङ्गटनले रक्षा सहयोगलाई सघन बनाएका छन् भने संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन् ।

अमेरिका र दक्षिण कोरियाबीच मङ्गलबार सोलमा आणविक परामर्शदाता समूहको बैठक हुँदैछ । कोरियाली राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाविरुद्ध आणविक प्रतिरोधलाई बलियो बनाउने बैठकको मुख्य लक्ष्य भएको बताइएको छ । एएफपी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved