शिल्पीमा ‘सावित्रीको बाख्रो’ (फोटो फिचर)

सामान्य ब्यक्तिको पशु माथी हुने प्रेमको कथा वरपर रहेर लेखक तथा साहित्यकार भवानी भिक्षुले यो कथा लेखेका थिए।

शिल्पीमा ‘सावित्रीको बाख्रो’ (फोटो फिचर)

काठमाडौ। बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरको गोठालो नाटकघरमा शनिबार (असार ३०) भवानी भिक्षुको कथामा आधारित नाटक ‘सावित्रीको बाख्रो’ मञ्चन भएको छ।

थिएटरमा एक बर्षे डिप्लोमा कोर्ष गरिरहेका बिद्यार्थीहरुले तयार पारेको नाटक शनिबार साँझ ५:३० बजे मञ्चन भएको हो।

हिमाल भुजेलको नाट्य रुपान्तरण तथा निर्देशनमा तयार भएको नाटक ‘सावित्रीको बाख्रो’ शनिबार साँझ एक शो मात्र प्रदर्शन गरिएको हो। सामान्य ब्यक्तिको पशु माथी हुने प्रेमको कथा वरपर रहेर लेखक तथा साहित्यकार भवानी भिक्षुले यो कथा लेखेका थिए।

कथामा क्षण-क्षण परिवर्तनशील हुने मानवीय चेतना, हरेक प्राणीमा स्वभाव समय र परिस्थितिले आउन सक्ने परिवर्तन, तथाकथित पद अनुसार प्रेममा हुने दृष्टिकोण, अधिकार जमाउने खोज्ने कच्चा प्रेम जस्ता मानवीय संवेदना र स्वभावलाई उतारिएको छ।

वास्तवमा प्रेमको परिभाषा के हो ? के मानवको पशु संग पनि प्रेम हुन सक्छ ? भवानी भिक्षुको कथामा आधरित ‘सावित्री को बाख्रो’ नाटकले यस्तै प्रश्नहरुको उत्तर खोजेको छ। नाटकमा रंगकर्मी संगिता उराऊको शिर्ष भुमिका रहेको थियो। तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved