एक सय करोड पारिश्रमिक लिने सलमान खानको पहिलो कमाइ जम्मा त्यत्ति ?

नेपालभ्युज

एक सय करोड पारिश्रमिक लिने सलमान खानको पहिलो कमाइ जम्मा त्यत्ति ?

एजेन्सी। सलमान खानले सन् १९८८ मा फिल्म ‘बीवी हो ते ऐसी’ बाट अभिनयमा डेब्यु गरेका थिए । उनले उक्त फिल्ममा सपोर्टिङ रोल गरेका थिए । उक्त फिल्ममा सलमान खानले ११ हजार रुपैयाँ मात्र पारिश्रमिक पाएका थिए ।

सलमान खान बुवा फिल्मी क्षेत्रबाटै भए पनि उनले फिल्म क्षेत्रमा आउनु अघि एकदमै धेरै संघर्ष गरेका थिए । यहाँसम्म कि उनले बम्बईको ताज होटेलमा नाचेरसमेत  केही पैसा कमाएका थिए । सलमान खानले एक अन्तरवार्तामा बताएका थिए कि, उनको पहिलो पारिश्रमिक जम्मा ७५ रुपैयाँ मात्र थियो ।

सलमान खानले ७५ रुपैयाँ पारिश्रमिक ताज होटलमा कुनै कार्यक्रममा पछाडि नाच्नका लागि पाएका थिए । त्यसपछि सलमान खानले एउटा विज्ञापनमा काम गरेवापत ७५० रुपैया पाएका थिए । त्यसपछि अन्य ब्रान्ड एन्डोर्सका लागि १५ सय पाए । यसरी उनको पारिश्रमिक थोरै थोरै बढ्दै गएको थियो ।

त्यसपछि भने उनले मुख्य भूमिका निर्वाह गर्दै अभिनय गरेको पहिलो फिल्म ‘मैने प्यार किया’ मा उनले ३१ हजार रुपैयाँ पाएका थिए । अहिले भने उनले करोडौं पारिश्रमिक लिन्छन् । उनको आउँदै गरेको फिल्म ‘टाइगर ३’ मा उनले १०० करोड पारिश्रमिक लिएका छन् भन्ने खबरहरू आइरहेका छन् ।

सलमान खानको फिस लगातार बढ्दै गइरहेको छ । यस समयमा उनको २८०० करोड रुपैयाँभन्दा धेरै नेटवर्थ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved