रुसी दूतावासअघि शान्ति समाजको प्रदर्शन, युक्रेनमाथिको आक्रमण रोक्न आग्रह (तस्वीरहरु)

रुसले छिमेकी राष्ट्र युक्रेनमाथि भइरहेको आक्रमणको विरोधमा नेपालको मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।

रुसी दूतावासअघि शान्ति समाजको प्रदर्शन, युक्रेनमाथिको आक्रमण रोक्न आग्रह (तस्वीरहरु)

काठमाडौं । रुसले छिमेकी राष्ट्र युक्रेनमाथि भइरहेको आक्रमणको विरोधमा नेपालको मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । समाजले बिहीबार नेपालस्थिति रुसी दूतावासअघि प्रदर्शन गरेको हो ।

तत्काल युद्ध रोक्न र वार्तामार्फत् समाधान खोज्न दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले बताए ।

प्रदर्शनमा मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका पूर्वसभापति उत्तम पुडासैनीलगायतका अधिकारकर्मीहरुको उपस्थिति थियो।

समाजले दूतावासमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै तत्काल युद्ध रोकेर शान्ति कायम गर्न आग्रह पनि गरेको छ।

रुसले युक्रेनमाथि आक्रामण गरेको ५०५ दिन भएको छ । २४ फेब्रुअरी २०२२ मा नेटोसंग सम्बन्ध नजिक बनाएको भन्दै रुसले युक्रेनमाथि सैनिक हमला सुरु गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved