मेयर जिताएका युवा नै बालेनको विरोधमा उत्रिए ! (तस्वीरहरू)

नेपालभ्युज

मेयर जिताएका युवा नै बालेनको विरोधमा उत्रिए ! (तस्वीरहरू)

काठमाडौं । स्थानीय तहको चुनावताका बालेन्द्र साह उर्फ बालेनलाई काठमाडौं महानगरपालिकाको मेयरमा जिताउन लागिपरेका युवा नै अहिले विरोधमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै उनीहरु बालेनको विरोधमा उत्रिएका हुन् ।

महानगरको ज्यादतीविरुद्ध उनीहरुले बुधबार प्रदर्शन गरेका छन् । महानगर कार्यलय परिसरमा भेला भएका युवाले ‘गरिखान देऊ’ भन्दै विरोध गरे ।

विरोध प्रदर्शनमा सहभागी अधिकांश युवाले पहिले आफूहरु बालेनको चुनाव प्रचारमा सक्रिय भएको दाबी गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved