४ हजार धरौटीमा छुटे कुटपिट गर्ने वडाध्यक्ष

नेपालभ्युज

४ हजार धरौटीमा छुटे कुटपिट गर्ने वडाध्यक्ष

पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङ रिहा भएका छन् । गुरुङले समयमै काम नकसकेको आरोपमा उपभोक्ता समिति अध्यक्षमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । गुरुङ ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्र्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि हातपात गरेपछि एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले गुरुङको राजीनामा माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved