पक्राउ परे एलओडीका सञ्चालक राजु सिंह

नेपालभ्युज

पक्राउ परे एलओडीका सञ्चालक राजु सिंह

काठमाडौं । काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।

उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा बिहीबार जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार एलओडीमा गएकी एक १६ वर्षकी किशोरी बलात्कृत भएसँगै अनुसन्धानका लागी उनलाई प्रकाउ गरिएको हो । बलात्कारका अभियुक्त पनि पक्राउ परिसकेका छन् ।

१८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रवेश दिएकोमा क्लबका संचालक अनुसन्धानमा तानिएका हुन् ।

नाबालिगलाई ठमेलको क्लबमा मदिरा खुवाएर ललितपुर लगी बलात्कार

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved