प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने सत्तागठबन्धनको निष्कर्ष

सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

नेपालभ्युज

प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने सत्तागठबन्धनको निष्कर्ष
फाइल तस्वीर ।

काठमाडौं। सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । नेकपा एमालेलगायत विपक्षी दलले प्रधानमन्त्रीको राजीनामा मागिरहेका बेला बसेको सत्तागठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने विपक्षी दलको कदम असंसदीय भएको ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संसद्को फेस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रीतम सिंहले सहयोग गरेको बताएका थिए । प्रचण्डको उक्त भनाइ आपत्तिजनक भएको भन्दै एमालेले बुधबार संसद् अवरुद्ध गरेको थियो । एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद खुल्न नदिने बताइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved