भियतनामले प्रतिबन्ध लगायो हलिउड फिल्म ‘बार्बी’, नेपालमा भने चल्ने

नेपालभ्युज

भियतनामले प्रतिबन्ध लगायो हलिउड फिल्म ‘बार्बी’, नेपालमा भने चल्ने

काठमाडौं। नेपालमा समेत प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित हलिउड फिल्म ‘बार्बी’लाई भियतनाममा प्रतिबन्ध लगाइएको छ।

मार्गोट रोबी र रायन गोस्लिङ अभिनित वार्नर ब्रदर्स स्टुडियोको यो फिल्म आगामी साउन ६ गते विश्वभर प्रदर्शन हुँदैछ। तर भियतनामका अधिकारीहरुले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्।

यो फिल्मलाई हलिउडमा समर याम (गर्मी मौसम)को प्रतीक्षित फिल्म मानिएको छ। फिल्मको एक दृश्यमा समावेश गरिएको ‘नाइन ड्यास लाइन’को एक नक्साप्रति भियतनामले आपत्ति जनाएको हो।

चीनले दक्षिणी चिनियाँ सागरको उक्त क्षेत्रमा आफ्नो दाबी गरिरहेको छ। तर भियतनामले उक्त चिनियाँ दाबीलाई सार्वभौमसत्ताको उल्लंघन भनेको छ।  सोही विषय फिल्ममा देखाइएपछि प्रतिबन्ध लगाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved