निद्रा नलाग्नुको पछाडि जिम्मेवार हुन सक्छन् यी ४ हर्मोन

नेपालभ्युज

निद्रा नलाग्नुको पछाडि जिम्मेवार हुन सक्छन् यी ४ हर्मोन

एजेन्सी । हाम्रो शरीरमा हुने लगभग सबै क्रियाकलापका पछाडि हर्मोनहरु जिम्मेवार हुन्छन् । हर्मोनको असन्तुलनको सीधा असर, शरीरमा हुने गतिविधिमा पर्ने गर्दछ । डाइजेशन, सेक्स, स्ट्रेस तथा निद्रा सबैसँग हर्मोनको सम्बन्ध हुन्छ । महिलाहरुको शरीरमा हर्मोनल असन्तुलनको असर पुरुषको तुलनामा अत्यधिक हुन्छ । महिनावारीदेखि लिएर फर्टिलिटीसम्म सबै हर्मोनसँग जोडिएको हुन्छ ।

हर्मोनको मुडमा पनि सीधा असर हुन्छ । यदी कुरा निद्राको गर्ने हो भने निद्रा नआउनुको पछाडि पनि केही हर्मोनहरु जिम्मेवार हुन्छन् । शरीरमा पाइने यी ४ हर्मोनको सम्बन्ध सीधा निद्रासँग हुन्छ । यस्तोमा यदी यी हर्मोन कम वा धेरै हुन्छन्, त्यसको सिधा असर निद्रामा पर्छ । यी ४ वटा हर्मोन कुन कुन हुन् र कस्तो खानेकुराको सहयोगले यसमा सुधार ल्याउन सकिन्छ । यसबारेमा डाइटिशियनसँगै जानकारी लिऔं ।

सेरोटोनिन

सेरोटोनिन हर्मोन तपाईंको स्लीप साइकलका लागि जिम्मेवार हुन्छ । यो निद्राको समयमा निद्राको गुणसँग सम्बन्धित हुन्छ । ककाओ, चिया सीड्स, केरा तथा नट्सहरुलाई डाइटमा समावेश गरेर यसको मात्रालाई सुधार गर्न सकिन्छ ।

कोर्टिसोल

कोर्टिसोल स्ट्रेस हर्मोन हो । यसले निद्रामा बाधा ल्याउँछ । स्ट्रेस हर्मोन बढ्दै गयो भने निद्रा आउन समस्या हुन्छ । तपाईंले महसुस गर्नुभएको होला जब तपाईं तनावमा हुनुहुन्छ, त्यतिबेला तपाईंलाई निद्रा लाग्दैन । यसको पछाडि यही हर्मोन हुन्छ । बदाम, ओखर, कागती तथा कोकाओलाई डाइटमा समावेश गर्नुहोस् ।

मेलाटोनिन

तपाईंको सुत्ने र उठ्ने समयको सम्बन्ध यो हर्मोनसँग हुन्छ । मेलाटोनिन हर्मोनमा परिवर्तन हुँदा तपाईंको सुत्ने तथा उठ्ने समयमा परिवर्तन सजिलै देखिन्छ । तपाईं सुत्न गाह्रो हुन्छ । यसका लागि काजु, भुँइकटहर आदि खान जोड दिनुहोस् ।

प्रोजेस्टेरोन

त्यसो त प्रोजेस्टेरोन एउटा सेक्स हर्मोन हो । तर यसको पनि सीधा असर हाम्रो निद्रामा पनि पर्दछ । शरीरमा प्रोजेस्टेरोन हर्मोको स्तरमा परिवर्तन हुँदा निद्रा आउन समस्या हुन सक्छ । यसलाई व्यवस्थापन गर्नका लागि चना, आलस, ब्रोकाउली तथा फर्सीको बीजहरु खानुपर्दछ ।

यस्तो कसरत गर्नुहोस्

  •  स्लीप साइकललाई सुधार्नका लागि ४–७–८ ब्रीदिंग एक्सरसाइज गर्नुहोस् ।
  •  आफ्नो आँखालाई बन्द गर्नुहोस् । शरीर र दिमागलाई आराम दिनुहोस् ।
  •  ४ गर्नेपछि नाकबाट गहिरो स्वास लिनुहोस् । आफ्नो फोक्सोलाई पूर्ण रुपमा हावा भरिन दिनुस् ।
  •  स्वास लिने समयमा पेटलाई फैलिन दिनुहोस् ।
  •  ७ गणना गर्दा आफ्नो स्वासलाई रोक्नुहोस् ।
  •  स्वासलाई केहीबेर बिना तनाव रोकेर राख्नुहोस् ।
  • गणना गरेपछि स्वास छोड्ने ।
  •  फोक्सोलाई पूर्णरुपमा खाली गरेर सबै स्वास बाहिर निकाल्नुहोस् ।
  •  यसलाई ४ पटक दोहोर्‍याउनुहोस् ।
  •  त्यसपछि आफ्नो सामान्य स्वासप्रस्वासमा फर्कनुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved