निर्वाचन आयोगको प्रस्ताव- बढीमा दुईपटक मात्रै समानुपातिक सांसद बन्न पाइने

एउटा तहमा चुनाव हारेपछि अर्कोमा उठ्न नपाइने

नेपालभ्युज

निर्वाचन आयोगको प्रस्ताव- बढीमा दुईपटक मात्रै समानुपातिक सांसद बन्न पाइने

काठमाडौं। निर्वाचन आयोगले बढीमा दुईपटक मात्रै समानुपातिक सांसद बन्न पाइने व्यवस्था प्रस्ताव गरेको छ ।

आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगको असार १८ मा बसेको बैठकले समानुपातिक प्रपणालीबाट बढीमा दुईपटक मात्र सांसद बन्न पाइने व्यवस्था गर्न लागेको हो।

आयोगले संघीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भइ पराजित भएको व्यक्तिले सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचनबाहेक त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था पनि प्रस्ताव गरेको छ ।

त्यस्तै, आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरूले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने पनि प्रस्ताव गरेको छ ।

आयोगले विदेशबाट मतदान गर्न पाइने र ‘नो भोट’को व्यवस्था गर्नसमेत प्रस्ताव गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved