आलेख

वाग्नर विद्रोहीसँग सम्झौतापश्चात् रुसको भविष्य

पुटिनले राष्ट्रवादको आडमा दुई तत्वले शासन गर्दै आएका छन्, पैसा र डर । उनले जसलाई किन्न सक्थे, किने । जसलाई किन्न सक्दैनथे, कि जेल पठाए कि मारे । पर्यवेक्षकको भनाई छ कि मस्कोमा अब डरले काम गर्न छोडेको छ । पुटिनको अजयेताको आभामाथि प्रहार हुन थालेको छ ।

वाग्नर विद्रोहीसँग सम्झौतापश्चात् रुसको भविष्य

रुसमा जे भयो, त्यो कुनै जेम्सबन्ड सिनेमाको ट्रेलरजस्तै थियो । भ्लादिमिर पुटिनको पूर्वभान्छे, साइबर ह्याकर तथा अहिले भाडाका सिपाहीको सैन्य नेता येब्गेनी प्रिगोजिनले बदमासी गरे । उनले पुटिनविरुद्ध विद्रोहको मोर्चा मात्र खोलेनन्, रुसी राजधानी मस्को कब्जा गर्ने भन्दै टुकडी अघि बढाए ।

बाटोमा उनका लडाकुले केही रुसी सैन्य हेलिकप्टरसमेत गोली हानेर खसाले । तर, पनि तिनले थोरै मात्रै प्रतिरोधको सामना गरे । इन्टरनेटमा प्रिगोजिनका सैनिक कफी खान आरामले लाइनमा उभिएका तस्वीर देखिन्थे ।

प्रिगोजिनको सैनिक टुकडी जब मस्कोको १२० किलोमिटर नजिक पुग्यो, अचानक उनले यो सम्झिए कि चालु राजमार्गमा हिँडिरहेको उनको पल्टन रुसी सैन्य आक्रमणको शिकार हुन सक्दछ । त्यसपछि उनी एकाएक वार्ता र सम्झौता गर्ने मुडमा आए ।

त्यसपछि प्रिजोगिनले मध्यस्थताका लागि बेलारुसका राष्ट्रपतिलाई रोजे । आफ्नो क्रान्ति स्थगित गर्दै उनले भने, ‘मलाई माफ गर्नु होला, म रुसी सेनाका केही गल्ती औल्याउँन खोजिरहेको थिएँ, क्रान्ति गर्न हैन, एक दिन कसैले न कसैले यी कुरा भन्नै पर्थ्यो ।’

यो कुरा अझै स्पष्ट छैन कि कठोर हृदयी पुटिनले आफ्ना पुरानो साथी प्रिगोजिनलाई कस्तो प्रत्यक्ष धम्की दिएका थिए र पुटिनको एक झोलेका रूपमा प्रिगोजिनले कस्तो मौका पाएका थिए । बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को पुटिनका सदाबहार सहयोगी थिए । पुटिनले लुकासेन्कोलाई भनेका थिए कि उनी देशद्रोही भाडाका सिपाहीको कमान्डरलाई कुल्चेर मार्न चाहन्छन् ।

पुटिन अक्सर जेम्सबन्ड खलनायकजस्तै आफ्नो २० फिट लामो टेबलको एक कुनामा देखिन्छन् । आगन्तुक प्रायः उनीबाट टाढै बस्छन् । एक आशंकापूर्ण ठाउँमा त्यस्तो जाली ढोका हुन्छ, जसले जो-कसैलाई निल्न सक्दछ ।

तर, अन्ततः प्रिगोजिनको विद्रोह अन्त्य भयो । सबै चुपचाप आ-आफ्नो घर फर्किए । पुटिन अक्सर जेम्सबन्ड खलनायकजस्तै आफ्नो २० फिट लामो टेबलको एक कुनामा देखिन्छन् । आगन्तुक प्रायः उनीबाट टाढै बस्छन् । एक आशंकापूर्ण ठाउँमा त्यस्तो जाली ढोका हुन्छ, जसले जो-कसैलाई निल्न सक्दछ ।

बितेका केही दिन जब म यी सबै नाटक हेरिरहेको थिएँ– मेरो मनमा उठेको पहिलो प्रतिक्रिया थियो, के यो सबै साँचो त हो ? धेरै पाठकले मलाई यो प्रश्न सोधिरहेका थिए, अब पुटिनको के हुन्छ ? यो अनुमान गर्न असम्भव थियो । तर, पुटिनको अवस्थालाई तुरुन्तै अस्वीकार गर्न समझदारीको कुरा हुँदैनथ्यो । तुरुन्तै हामी यो नयाँ घटनाक्रमपछि निर्मित शक्ति सन्तुलनको जस लिन समर्थ छैनौं । त्यसका लागि कम्तीमा अझै केही महिना पर्खिनुपर्ने हुन्छ।

सबैभन्दा पहिला सबैभन्दा ठूला शक्ति सन्तुलकको कुरा गरौं । ती अरु कोही नभएर राष्ट्रपति बाइडन नै हुन् । युक्रेनमा पुटिनको सामना गर्न बाइडनले एक बृहत र दीगो गठबन्धन बनाएका छन् । तसर्थ, मञ्चमा आएर धनुषधारण गर्ने पहिलो व्यक्ति त स्वयं बाइडन नै हुन् । यसले पुटिनको ‘पोटेमकिन गाउँ’ को मुखौटा च्यातिदिन्छ ।

बाइडनले यो कुरा सुरुदेखि नै राम्ररी बुझेका छन् कि, पुटिन लोकतन्त्र र अमेरिका विरोधी शक्तिका, फासिष्ट ताकतका एक धुरी हुन् । उनीसँग वार्ता र सम्झौताको कुनै सवाल नै उठ्दैन । इजरायली कुटनीतिज्ञ एलोक पिन्कासले भनेझैं पुटिन संवाद हैन, पराजित गर्नु पर्ने शक्ति हुन् । प्रिगोजिनको विद्रोहले ठीक त्यही काम गरेको छ, जो बाइडनले १८ महिनादेखि गर्दै आएका थिए । यसले पुटिनका कमजोरीलाई राम्ररी उजागर गरेको छ । पुटिनको आभामन्डललाई छिन्नभिन्न बनाएको छ ।

पुटिनले राष्ट्रवादको आडमा दुई तत्वले शासन गर्दै आएका छन्, पैसा र डर । उनले जसलाई किन्न सक्थे, किने । जसलाई किन्न सक्दैनथे, कि जेल पठाए कि मारे । पर्यवेक्षकको भनाइ छ कि मस्कोमा अब डरले काम गर्न छोडेको छ । पुटिनको अजयेताको आभामाथि प्रहार हुन थालेको छ । कम्तीमा अझै केहीले उनलाई चुनौती दिन सक्दछन् । त्यो हामी देख्दैछौं ।

कतिपय अमेरिकी अधिकारीको तर्क छ कि पुटिनको रणनीति युक्रेनी सेनालाई थर्काउने हो । जब युक्रेनको स्थल सेना तहसनहस हुनेछ, उसले हवाई आक्रमण तीव्र पार्नसक्ने छ । त्यतिन्जेलमा डोनाल्ड ट्रम्प वा त्यस्तै कोही निर्वाचित हुन सक्दछ, जससँग पुटिनले कुनै सम्झौता गरेर आफ्नो अनुहारको फोहोर सफा गर्नेछन् ।

यदि, म प्रिगोजिन वा उसको सहयोगी हुन्थे भने घाम लागिरहेको बेला बेलारुसको सडकमा छाता ओडेर एक्लै हिँडिरहेको हुन्थे । पुटिनले आजको शासकीय अवसर सजिलै पाएका हैनन् । सन् १९९० को दशकको सोभियत संघको विघठनपछिको अराजकता हटाएर उनले आफूमाथिको आलोचनालाई कम गरेका हुन् । आज पनि रुसीलाई त्यस्तो अराजकता फर्किएला कि भन्ने भय छ । पुटिनले त्यो बेला गरेका कामप्रति धेरै मानिसले अनुग्रहको भावना राख्दछन् ।

तर, यहाँ मुख्य समस्या विश्वसँग पुटिनको शक्ति सन्तुलनको हो । पुटिनलाई पश्चिमा शक्तिसँग जति डर छ, हामीले त्यो भन्दा बढी उनका कमजोरीप्रति डर राख्नपर्ने हुन्छ । प्रिगोजिनको विद्रोह वा युक्रेनी प्रतिआक्रमणले रुसी सेनाको पतन निम्त्याएको संकेत अहिलेसम्म छैन । तर, कुनै अन्तिम निष्कर्ष निकाल्न हतारो गर्ने बेला पनि भएको छैन ।

कतिपय अमेरिकी अधिकारीको तर्क छ कि पुटिनको रणनीति युक्रेनी सेनालाई थर्काउने हो । जब युक्रेनको स्थल सेना तहसनहस हुनेछ, उसले हवाई आक्रमण तीव्र पार्नसक्ने छ । त्यतिन्जेलमा डोनाल्ड ट्रम्प वा त्यस्तै कोही निर्वाचित हुन सक्दछ, जससँग पुटिनले कुनै सम्झौता गरेर आफ्नो अनुहारको फोहोर सफा गर्नेछन् । युक्रेन युद्धबाट अनुहार बचाएर फर्किने अवसर पाउँनेछन् ।

यदि, यो हो भने पनि कुनै नाजायज रणनीति हैन । युक्रेनी सेनाले प्रतिदिन हजारौं राउन्ड फायर गर्दछ, यसको आपूर्ति गर्न बाइडनले अर्को कारखाना लगाउनुपर्ने हुन्छ। त्यस्ता नयाँ कारखाना सन् २०२४ देखि मात्र काममा आउनेछन् । त्यतिन्जेलका लागि थप भण्डार खोज्न पर्नेछ ।

युद्धको पहिलो वर्ष रुस आक्रामक थियो, तर जितभन्दा बढी हार व्यहोर्‍यो । दोस्रो वर्ष लागेपछि युक्रेन आक्रामक भयो, तर उसले पनि जितभन्दा बढी हार नै व्यहोरेको छ । हामी न युक्रेनीको साहसलाई न थकानलाई कम आँक्न सक्दछौं । रुसीहरूको बारेमा पनि त्यस्तै भनाइ छ । उनीहरू हरेक हार र दु:खबाट  सिक्दछन् । उनीहरूको असजिलोलाई पराजय भन्न मिल्दैन ।

पुटिनको हारसँग पनि डराउनु भनेको अर्थ के हो त ? मानौं कि पुटिन हारे वा सत्ताबाट हटे, त्यसपछि के हुन्छ ? त्यस्तो बेला रुसको शासनसत्ता सम्हाल्न सोभियत संघको विघटनको बेलाका गोर्भाचेब र येल्तसिनजस्तो कुनै असल नेता अहिले देखिन्न ।

ऐतिहासिक रूपमा जब रुसको सत्ताबाट कुनै तानाशाही नेतृत्वको बेदखली हुन्छ, त्यसको ठाउँमा कुनै उदारवादी नेता आउँछ । जस्तो कि निकोलस प्रथमपछि अलेक्सेन्द्र द्वितीय आए । स्टालिनपछि ख्रुश्चेभ आए । आन्द्रापोभपछि गोर्भाचोभ आए । आशा गर्न सकिन्छ कि पुटिनपछि पनि कुनै यस्तै उदारवादी नेता रुसले पाउनेछ ।

सोभियत संघमा पार्टी र राज्य संस्थाको केन्द्र र प्रान्त प्रभावी अंगहरू थिए । तिनीहरूबीचको अनुक्रम थियो । तर, जब पुटिन सत्तामा आए, उनले क्रेमलिन र बाहिरका सबै राजनीतिक तथा सामाजिक संरचना भत्काएका, कब्जा जमाएका वा आफूअनुकूल हुनेगरी बदलेका छन् ।

तर, रुसी इतिहासका केही आश्चर्यजनक मोडहरू छन् । ऐतिहासिक रूपमा जब रुसको सत्ताबाट कुनै तानाशाही नेतृत्वको बेदखली हुन्छ, त्यसको ठाउँमा कुनै उदारवादी नेता आउँछ । जस्तो कि निकोलस प्रथमपछि अलेक्सेन्द्र द्वितीय आए । स्टालिनपछि ख्रुश्चेभ आए । आन्द्रापोभपछि गोर्भाचोभ आए । आशा गर्न सकिन्छ कि पुटिनपछि पनि कुनै यस्तै उदारवादी नेता रुसले पाउनेछ ।

तर, तत्काल पुटिन शासनको अन्त्य हुने हो भने सम्भावना छ कि उनीभन्दा पनि खराब शासक सत्तामा आउन सक्दछ । जस्तो कि, अहिले प्रिगोजिन सत्तामा आएको र उसले रुसी आणविक हतियारलाई आफ्नो हातमा लिएको भए हामी कस्तो अनुभूति गर्थ्यौं होला ?

यस्तो अवस्थामा रुस अव्यवस्था, अराजकता र गृहयृद्धतिर जान सक्थ्यो । रुस युद्ध सरदारको मुठ्ठीमा पर्न वा अल्पतन्त्रले कब्जा गर्न सक्दथ्यो । हामी पुटिनलाई मन पराउँदैनौं तर त्यस प्रकारको अराजकतासँग पनि ज्यादै डराउँछौं ।

कुनै विशाल राष्ट्र जब टुट्छ, त्यसलाई फेरि जोड्न निकै असजिलो हुन्छ । आणविक हतियार र आपराधिकता विश्रृंखलित रुसबाट बाहिर निस्कियो भने त्यो बाँकी विश्वकै लागि खतरनाक हुन्छ । त्यसले रुसलाई मात्र हैन, संसारलाई नै बदल्न सक्दछ ।

यो पुटिनको प्रतिरक्षा हैन । तर, स्थिति यस्तो छ कि, यदि पुटिनले जिते भने रुसी जनता हार्नेछन् । यदि, पुटिन हारे र उनको ठाउँमा कुनै सन्काहा सत्तामा आयो भने सारा संसारले हार्नेछ ।

(द न्युयोर्क टाइम्सबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved