दिपेन्द्र र सन्दीप चम्किँदा नेपालले यूएईलाई हरायो

दिपेन्द्रसिंह ऐरीले ७९ र सन्दीप लामिछानेले नटआउट २३ रन बनाए । नेपालले ६६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि सन्दीप र दिपेन्द्रले उत्कृष्ट साझेदारी गरेर नेपाललाई जिताए ।

नेपालभ्युज

दिपेन्द्र र सन्दीप चम्किँदा नेपालले यूएईलाई हरायो

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई हराएको छ । खेल जितेसँगै नेपाल सुपर सिक्स पुग्न नसक्ने टोलीमध्ये उत्कृष्ट बन्ने बाटोमा गएको छ।

१८२ रनको समान्य लक्ष्य नेपालले  ४३ ओभर २  बलमा ७ विकेटको क्षतिमा पुरा गरेको हो। नेपालको जितमा दिपेन्द्रि सिंह ऐरी र सन्दीप लामिछाने हिरो बने ।

ऐरीले अविजित  ७९ र सन्दीपले २३ रन बनाए  । नेपालले ६६ रन  बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि सन्दीप र दिपेन्द्रले उत्कृष्ट साझेदारी गरेर नेपाललाई जिताए ।

यस्तै, कुशल भुर्तेलले ३५, ज्ञानेन्द्र मल्लले १३ र गुल्सन झाले १२ रन जोडे। नेपालका ४ ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। यूएईका लागि मुहम्मख जवादुल्लाहले ३ विकेट लिए।

जिम्बावेको हरारेमा टस जितेर बलिङ रोजेको नेपालले युएईलाई ४६.५ ओभरमा १८१ रनमा अलआउट गरेको थियो । युएईलाई सस्तैमा अलआउट गर्न सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । गुल्सन झा, प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए। नेपालले अब पर्सि मंगलबार प्लेअफको फाइनलमा आयरल्याण्डसँग खेल्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved