विश्वकप क्रिकेट छनोटमा शीर्ष स्थानमा श्रीलंका

नेपालभ्युज

विश्वकप क्रिकेट छनोटमा शीर्ष स्थानमा श्रीलंका

काठमाडौं । विश्वकप छनोट क्रिकेटको सुपर सिक्समा श्रीलंका शीर्ष स्थानमा पुगेको छ । सोमबार नेदरल्याण्ड्समाथि २१ रनको जित निकाल्दै श्रीलंका शीर्ष स्थानमा उक्लिएको हो ।

जिम्बाव्वेको बुलवायोमा जितका लागि २१४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सलाई श्रीलंकाले ४० ओभरमा १९१ रनमै अलआउट गरे ।

नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डस ६७ रनमा नट आउट रहे । वेस्ली बरेसीले ५२ र बास डी लिड्सले ४१ रन जोडे । अन्य ब्याटहरू श्रीलंकाली बलरका सामु टिक्न सकेनन् ।

श्रीलंकाका महेश थीक्सेनाले ३ र वानिन्दु हसरंगाले २ विकेट लिए ।

पहिला ब्याटिङ गरेको श्रीलंकाले खराब सुरुवात गर्दै ९६ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा श्रीलंकालाई थीक्सेना र धनञ्जय डी सिल्भाले आठौं विकेटका लागि ७७ रनको साझेदारी गर्दै टिमलाई राहत दिए ।

नेदरल्याण्ड्सका लोगान भान विक र बास डी लिड्सले समान ३ विकेट लिए । सुपरसिक्समा ३ खेलबाट श्रीलंकाले ६ अंक जोडेको छ भने समान खेलमा ६ अंक जोडेको जिम्बाव्वे रनरेटका आधारमा दोस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved