हिजो दिउँसोदेखि बन्द मुग्लिन नारायगढ सडक अझै खुलेन, हजारौँ यात्रुको विचल्ली

अहिले पनि पहिरो खसेको खस्यै गर्दा पञ्छाउन समस्या परेको छ । पहिरो रोकिएपछि पनि पञ्छाउन लामो समय लाग्ने भएकाले सकभर मुग्लिन नारायणगढ सडक भएर यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

नेपालभ्युज

हिजो दिउँसोदेखि बन्द मुग्लिन नारायगढ सडक अझै खुलेन, हजारौँ यात्रुको विचल्ली
फाइल तश्वीर

काठमाडौं। सुक्खा पहिरोका कारण आज बिहीवार दिउँसैदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन ।

विहीबार दिउँसो १ बजेदेखि बन्द भएको सडक अहिलेसम्म पनि नखुल्दा हजारौँ यात्रु विचल्लीमा परेका छन् । यात्रुहरु भोक प्यासमा बसिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।  अत्यावश्यक कामले हिँडेकाहरु झन धेरै समस्यामा परेका छन् ।

इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर दिउँसैदेखि सडक बन्द भएको हो । दिउँसो केहीबेर पहिरो पञ्छाउने काम भए पनि पहिरो खस्ने क्रम नरोकिएपछि अहिलेसम्म सडक बन्द नै रहेको छ ।

अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । अहिले काठमाण्डौबाट छुट्ने गाडी काठमाण्डौमै रोकिएका छन् भने पूर्व र पश्चिमबाट काठमाण्डौतर्फ आउने गाडी नारायणगढ आसपासमै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले पनि पहिरो खसेको खस्यै गर्दा पञ्छाउन समस्या परेको छ । पहिरो रोकिएपछि पनि पञ्छाउन लामो समय लाग्ने भएकाले सकभर मुग्लिन नारायणगढ सडक भएर यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved