वर्षातको समयमा पानीमा भिज्नुभएको छ ? हुन सक्छन् यी स्वास्थ्य समस्या

नेपालभ्युज

वर्षातको समयमा पानीमा भिज्नुभएको छ ? हुन सक्छन् यी स्वास्थ्य समस्या

एजेन्सी । वर्षातको पानीमा कैयौं प्रकारका प्रदुषक तत्वहरु पाइन्छन्, जो शरीरमा संक्रमणको कारण बन्न सक्छन् । साथै छालाका लागि पनि समस्या बढ्ने सम्भावना हुन सक्छ । त्यसैले आउनुहोस् जानौं वर्षात्को पानीमा भिज्दा हुने पाँच स्वास्थ्य समस्याका बारेमा–

टाउको दुख्ने समस्या

वर्षात्को पानीमा भिज्दा प्राय मानिसहरुमा टाउको दुख्ने समस्या शुरु हुन थाल्छ । यो पानीले मौसमी टाउको दुखाईको आशंका बढाउँछ जो एकदमै पीडादायक पनि हुन सक्छ ।

रुघाखोकीको समस्या

वर्षात्को मौसममा आकाशको पानीमा भिज्दा रुघाखोकी आदि समस्या पनि हुन सक्छ । शरीरको तापक्रम मौसमको तापक्रमभन्दा एकदमै भिन्न हुने गर्छ, जसले गर्दा शरीरलाई तापक्रम सन्तुलन गर्न समस्या हुन्छ जसले गर्दा रुघाखोकीको जोखिम बढ्छ ।

टाउको चिलाउने समस्या
वर्षात्को पानीमा कैयौं प्रकारका कम्पाउन्ड्स हुन्छन्, जसले कपाललाई नोक्सान पुर्‍याउन सक्छन् । यस्तो पानीमा भिज्दा प्रायः टाउकोमा विविराहरु आउने वा चायाँ आउने समस्या हुन थाल्छ । जसले गर्दा टाउको चिलाउने तथा कपाल झर्ने कारण बन्न सक्छ ।

इम्यून सिस्टम कमजोर

वर्षातको पानीमा भिज्दा इम्यून सिस्टमलाई पनि धेरै नोक्सान पुग्छ । यस मौसममा तापमान प्रायः ४० डिग्रीसम्म जान्छ र पानी पर्दा तापक्रम अचानक घट्न थाल्छ जसले गर्दा शरीरको तापक्रम पनि प्रभावित हुन्छ । शरीरको तापक्रममा अस्थिरताले गर्दा इम्यून सिस्टम कमजोर हुने पनि गर्दछ ।

छाला सम्बन्धी समस्या

वर्षाको पानीमा धेरै प्रकारका हानिकारक तत्वहरु हुन्छन्, जसले छालासम्बन्धी समस्या ल्याउन सक्छ । वर्षात्को पानीले गर्दा प्रायः छालामा डन्डीफोर आउने तथा अन्य संक्रमण आउने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved