बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

नेपालभ्युज

बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं। सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बकर इदका दिन पर्सि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

सूचनामा भनिएको छ,- ‘नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved