सिटीका कप्तान गुन्डोगन बार्सिलोनामा अनुबन्धित

नेपालभ्युज

सिटीका कप्तान गुन्डोगन बार्सिलोनामा अनुबन्धित

काठमाडौं। स्पेनिस फुटबल क्लब बार्सिलोनाले म्यान्चेस्टर सिटीका कप्तान इल्के गुन्डोगनलाई आफ्नो टोलीमा अनुबन्धन गरेको छ। बार्सिलोनाले गुल्डोगनसँग २ वर्षको सम्झौता गरेको हो। २ वर्षपश्चात् थप १२ महिनाको लागि सम्झौता थप गर्न सकिने प्रावधान पनि राखिएको छ।

गुल्डोगनले सिटीबारे भने, ‘यो क्लबले मलाई मेरो सपनाहरूसँग अवगत गरायो। यो अवसरको लागि म जीवनभर आभारी रहनेछु।’

मिडफिल्डर गुल्डोगनले ७ वर्ष सिटीको लागि खेलेकोमा उनले सिटीका लागि कुल ३०४ खेल खेल्दै ६० गोल गरे। उनको सहभागितामा सिटीले ५ प्रिमियर लिग, २ एफए कप, ४ काराबाओ कप, २ कम्युनिटी शिल्ड र च्याम्पियन्स लिगको उपाधि पनि जित्यो।

समरमा उनको सिटीसँगको सम्झौता सकिएको थियो। सिटीका मुख्य प्रशिक्षक पेप गार्डियोलाले गुल्डोगनलाई टोलीमा नै राख्ने प्रयास पनि गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved