क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको खाना खाने निम्तो

नेपालभ्युज

क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको खाना खाने निम्तो

काठमाडौं । आइसीसी एकदिवशीय विश्वकप क्रिकेट क्वालिफायरको समूह चरणबाट नेपाल बाहिरिएपछि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई सान्त्वना दिँदै खाना खाने निम्तो दिएका छन् ।

शनिबार जिम्बाब्वेमा भएको नेदरल्याण्डसँगको खेलमा नेपाल ७ वीकेटले पराजित भएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् खाना खाने निम्तो दिएका हुन् ।

उनले खेलाडीलाई एउटा असफलताबाट नआत्तिन आग्रह गर्दै सान्त्वनासमेत दिएका छन् । मेहनत जननी भएर र परिणाम शिशु हुने तर्क गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाइभ हेरें । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें । आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं । मेहनत जननी हो भने परिणाम शीशु ।’

उनले प्राप्त परिणाम सोचेजस्तो नभए पनि खेलडाीको मेहनत कमजोर नभएको उल्लेख गरेका छन् । ‘कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन’, उनले लेखेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved