विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउँछः प्रधानमन्त्री दाहाल

नेपालभ्युज

विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउँछः प्रधानमन्त्री दाहाल
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौंको वैदेशिक लगानी आउनसक्ने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताए। उनले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौति समाधान गर्न सहज हुने बताए । उनले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालिन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताए।

उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको बताए। उनले भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समाधान गर्ने बताए भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताए। उनले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको बताए । उनले पछिल्लो समय राष्ट्र हीतको काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृति बढ्दै गएको बताए।

‘विद्युतको राम्रो बजारको व्यवस्था गर्नसक्यो भने खर्बौं लगानी नेपालमा आउन सक्छ । नेपालको अर्थतन्त्रका समस्या र चुनौतिको स्थायी र दीर्घकालिन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिने सकिने विश्वासको साथ धेरै मेहनत सरकारको तर्फबाट अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिइएको छ’, उनले भने, ‘भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समाधान गर्ने बताएका छन् ।’

‘नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा भनेका होइनन् । दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्रको लागि गरेका छौं । हरेक कुरालाई नकारात्मक दृष्टिकोणले हेर्ने हुँदैन । तर पछिल्लो समय राष्ट्र हीतको काम गरे पनि नकारात्मक दृष्टिकोण राख्ने प्रवृति बढ्दै गएको छ, उनले भने ।’

उनले वर्तमान सरकारले सुरुवातमा नै गरेका निर्णयको प्रभावले अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको दाबी गरे । उनले तुलानात्मक लाभका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानूनी सहजिकरण गर्न, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न,सेवा प्रवाहमा सहजता ल्याउने काम भइरहेको बताए।

उनले प्रविधिमैत्री अवधारणा लागू गर्न,अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन,मौद्रिक नीति र आर्थिक नीति बीच सन्तुलन कायम गर्न, बैंकको ब्याजदर घटाउन उपायहरु खोजगरी लागू गर्न, पुँजीगत खर्च बढाउन र अर्थतन्त्र सुधार गर्न आवश्यक पर्ने नीतिगत कानूनी र व्यवहारिक कदम चाल्न सरकार लागि रहेको बताए। उनले सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारको लागि नितीगत तथा संरचनागत सुधार गर्न प्रतिवद्ध रहेको बताए ।

उनले सरकार र निजी क्षेत्रबीच बलियो एकता सहकार्यले मात्र समृद्धि र विकासको लक्ष्य पूरा गर्नसक्ने सरकारको मान्यता रहेको बताए। उनले निजी क्षेत्रको सहकार्यबाट नै आर्थिक समृद्धि हासिल हुनसक्छ भन्नमो सरकार स्पष्ट रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved