अदालतको आदेश नमान्ने बालेनको धम्की, कुनै हालतमा हिन्दी फिल्म चल्न नदिने

नेपालभ्युज

अदालतको आदेश नमान्ने बालेनको धम्की, कुनै हालतमा हिन्दी फिल्म चल्न नदिने

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साहले कुनै पनि हालतमा महानगरभित्र हिन्दी फिल्म चल्न नदिने बताएका छन् ।

उनले अदालतले दिएको आदेश नमान्ने धम्की दिँदै भनेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’

विवादित फिल्म आदिपुरुषका लेखकले समेत नेपाल भारतको अधीनमा भएको स्वीकारेको अवस्थामा नेपाली चुप लागेर बस्न नहुने उनको तर्क छ । ‘फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ’, बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ ।’

उनले यही स्थितिमा जुनसुकै सजाय भोग्न तयार भएको, तर फिल्म चल्न नदिने बताएका छन् ।

उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्रलगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved