हवाई इन्धनको मूल्य घट्यो

नेपालभ्युज

हवाई इन्धनको मूल्य घट्यो

काठामडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ।  निगमका अनुसार  हवाई इन्धनमा आन्तरिकतर्फ १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियतर्फ  प्रति किलोलिटर २ सय अमेरिकी डलरले घटाइएको छ ।

‘अन्तर्राष्ट्रिय बजार मूल्य अनुरुप जुन ०१, २०२३ ( जेष्ठ १८, २०८०) मा निगमलाई प्राप्त हवाई इन्धनको नयाँ मूल्य यसअघिको मे ०१, २०२३ को तुलनामा केहि मात्रामा घटेर आएको हुँदा निगम संचालक समितिको मिति २०८०/०३/०५ गतेको निर्णय अनुसार आज मिति २०८०/०३/०५ गतेको राती १२:०० बजेदेखि लागु हुने गरी हवाई इन्धन (आन्तरिकतर्फ) को साविकको विक्री मूल्यमा प्रति लिटर रु. १०।०० ले घटाई नयाँ बिक्री मूल्य रू. १५०।०० प्रति लिटर तथा हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) को साविकको विक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर २००।०० (प्रति लिटर करिब रु.२६।००) ले घटाई नयाँ विक्री मूल्य प्रति किलो लिटर अमेरिकी डलर १,१५०।०० (प्रति लिटर करिव रु. १५१ ।०० ) कायम गरिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमका अनुसार मूल्य समायोजनपश्चात् भारतको कलकत्ताको हवाई इन्धन (आन्तरिकतर्फ) को विक्री मूल्यको तुलनामा नेपालको काठमाडौंमा बिक्री गरिने हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्य अझै पनि प्रति लिटर रू. ०३।६९ ले नेपाल तर्फ नै सस्तो रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved