कोशी प्रदेश : अध्यादेशमार्फत बजेट सार्वजनिक, विपक्ष दलहरूद्वारा बहिष्कार

नेपालभ्युज

कोशी प्रदेश : अध्यादेशमार्फत बजेट सार्वजनिक, विपक्ष दलहरूद्वारा बहिष्कार

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट अध्यादेशमार्फत सार्वजनिक गरेको छ । एक कार्यक्रम गरेर अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट सार्वजनिक गरिरहेका छन् ।

तर, कार्यक्रममा विपक्षी दलका नेता भने अनुपस्थित छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टीका नेताहरूले बहिष्कार गरेका छन् । उनीहरूले अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो संविधानविपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै विरोध गरेका छन् ।

कार्यक्रममा एमालेको तर्फबाट मन्त्री बनेका नेताहरू मात्रै सहभागी छन् । त्यसबाहेक सचिवहरू पनि सहभागी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved