नागरिक उड्डयन प्राधिकरणलाई भवनको नक्सा पेश गर्न महानगरको ३५ दिने सूचना

नेपालभ्युज

नागरिक उड्डयन प्राधिकरणलाई भवनको नक्सा पेश गर्न महानगरको ३५ दिने सूचना

काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई  सिनामंगलस्थित भवनको नक्सा ३५ दिनभित्र पेश गर्न अल्टिमेटम दिएको छ ।

महानगरको शहरी विकास विभागका प्रमुख सुरज शाक्यले एक विज्ञप्ति जारी गर्दै काठमाडौं-९ मा निर्माण भएको प्राधिकरणको भवन प्रचलित कानुनबमोजिम नक्सा पास भए, नभएको विवरण पेश गर्न निर्देशन दिएका हुन् ।

३ जेठमा एक सूचना निकाल्दै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सबै घर, भवनको नक्सा अद्यावधिक गर्न, नक्साको विवरण पेश गर्न निर्देशन दिएको थियो । प्राधिकरणलाई सोही सूचनाअनुसार महानगरले नक्साको विवरण माग गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved