कोशी प्रदेश : बजेटसम्बन्धी दुई अध्यादेश जारी

नेपालभ्युज

कोशी प्रदेश : बजेटसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं । कोशी प्रदेश सरकारले बजेटसम्बन्धी २ अध्यादेश जारी गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा २ अध्यादेश जारी गरेका हुन् ।

प्रमुख खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका हुन् । दुवै अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयमा दिउँसो ३ः३० बजेपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अल्पमतमा परेको एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले कानुनी उल्झन आउने जोखिम देखेपछि आजै आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको हो । अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालू वर्षे अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसकेका छन् ।

प्रदेश सभामा आउँदो वर्षको बजेटको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खापुङले बुधबार प्रस्तुत गरेका थिए । यसपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यादेश जारी गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved