दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

सुर्खेत। दैलेखमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिकाको वडा नम्बर १ डाँडापानीमा दुर्घटना भएको हो ।

दुल्लु नगरपालिका–१ का १८ वर्षीय जानुकुमारी खड्का, सोही ठाउँका १९ वर्षीय डिलमाया खड्का र दुल्लु नगरपालिका–५ का १९ वर्षीय भरत शर्मा हुन् । यीमध्ये डिलमायाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले बताए ।

उनका अनुसार अन्य दुई जनाको मध्य शर्माको अवस्था गम्भीर छ भने जानुको सामान्य छ । दुवै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved